‘कलंकी-नागढुंगा सडक छिटो बनाउ’ भन्दै स्थानीयले र्याली गरे



काठमाडौं । ‘कलंकी–नागढुंगाको सडक निर्माण छिटो गर’ भन्दै स्थानीयवासीले वृहत र्याली गरेका छन् । ।

राष्ट्रिय स्वबलम्बन समाज थानकोट र चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का नागरिक समाजको आयोजनामा उक्त र्याली आयोजना गरिएको हो ।

र्यालीमा सोही क्षेत्रका अन्य विभिन्न संघ-संस्थाहरु, नागरिकहरु र थानकोट मिनि बस सेवा संघको समेत सहयोग रहेको आयोजकको दाबी छ ।

कलंकी-नगढुंगा सडक निर्माण कार्य विगत ३ वर्षदेखि सुरु भएको हो । निर्माण कार्य ढिलाई गरेर सडकलाई अस्तब्यस्त बनाएर छाडेकोले, धुलो धुँवाले जनस्वास्थ्यमा क्षति पुर्याइरहेको आयोजकको दाबी छ ।

दैनिक ३ लाखदेखि ४ लाख मानिस ओहोर दोहोर गर्ने देशकै मुल सडकमा भएको अस्थ व्यस्थताले मानिसको जनजीवनमा निकै ठुलो असर पर्दै आएको छ ।

नागरिकको मौलिक हक हनन भएको भन्दै आयोजना भएको र्यालीमा बिभिन्न नारालेखिएको प्लेकार्ड बोकेर मानिसहरु सहभागि भएका थिए ।


पुष्प दुलाल