नेप्सेमा सामान्य गिरावट, कारोबारमा वृद्धि




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचकमा सामान्य गिरावट आएको छ । मंगलबार नेप्से ०.६६ अंकले घटेर १५६७.६४ अंकमा अडेको छ ।

आज १ सय ५९ कम्पनीका १४ लाख ३३ हजार कित्ता खरिद बिक्री भएका छन् । ४६ करोड ९९ लाख ५० रुपैयाँको कारोबार भएको छ । सोमबार ४० करोड रुपैयाँको कारोबार भएको थियो ।

बैंकिङ समूह ९.२, ट्रेडिङ समूह ३.२९, होटल समूह १४.५७, विकास बैंक समूह ११.६४, जलविद्युत समूह १९.३, वित्तिय समूह १.७८ अंकले घटेका छन् ।

बीमा समूह २१.९, उत्पादन मूलक समूह ८.९३ र अन्य समूह ४१.९३ अंकले बढेका छन् ।

आज नेपाल दुरसंचार कम्पनीको ९ करोड १३ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार बन्द हुँदा दुरसंचारको सेयर ८ सय ६५ रुपैयाँ छ ।

मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९.७४ प्रतिशतले कमाएका छन् ।

छिमेकी लघुवित्त विकास बैंक र कावेली विकास बैंकका लगानीकर्ताले ३.८० र ३.७७ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल