साढे ३ अंकले घट्यो नेप्से, ४० करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ३.६२ अंकले घटेको छ । नेप्से १५६८.३० अंकमा अडेको छ ।

आज १ सय ५६ कम्पनीका ८ लाख ८७ हजार ६ सय कित्ता सेयर खरिद बिक्री भएका छन् । ४० करोड ७ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।

सामान्य अंकले घटेको नेप्समा अन्य समूह बाहेक सबै उप समूह राता भएका छन् ।
अन्य समूह १३.८८ अंकले बढेको छ ।

बैंकिङ समूह २.७३, ट्रेडिङ समूह ८.२८, होटल समूह १३, विकास बैंक समूह १०.७३, जल विद्युत समूह ४.१६, वित्तिय समूह ४.३७, बीमा समूह ५०.१९ र उत्पादन मूलक समूह ५७.०८ अंकले घटेको छ ।

मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९.२२ प्रतिशतले कमाएका छन् ।

जनउत्थान सामुदायक लघुवित्त विकास बैंकका लगानीकर्ताले ५.३१ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल