अबैध अन्तराष्ट्रिय कल बाईपासमा सिआईबीको को छापा



काठमाडौं । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले बाफलबाट अवैध भिओआईपी संचालन गर्नेलाई प्रक्राउ गरेको छ ।

वाफल काठमाण्डौ स्थित राम गोपाल श्रेष्ठ र सरिता नेपालको घरमा कोठा भाडामा लिई रंजन कुमार थापा र भरत दुलालले अवैध भिओआइपी संचालन गरिरहेको अवस्थामा फेला परि उक्त कार्य संचालन गर्ने उपकरणहरु सहित सिआईबीको टोलीले प्रक्राउ गरेको छ।

पक्राउ प्रतिवादी उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान कार्य भैरहेको सिआईबीले जनाएको छ ।

पक्राउ पर्नेमा झापा शनी अर्जुन २ घर भएका वर्ष ३५ को महेश घिमिरे, सुनसरी ईटहरी उ।म।न।पा। २घर भएका वर्ष ३१ को सन्तोष भन्ने खेमराज अधिकारी र जिल्ला चितवन रत्ननगर नपा १० घर भएका वर्ष २८ को भरत दुलाल सिन्धुली कमलामाई ७ घर भएका वर्ष ३६ को रन्जन थापा मगर रहेका छन् ।


क्लिकमान्डु