३२ जिल्लामा पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ता सुरु




काठमाडौं । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उमेद्वारी दर्ता हुँदैछ ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ ।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि बिहान १० देखि अपराहृन ५ बजेम्म समय तोकेको छ ।

मनोनयन दर्ता हुने जिल्लाहरुमा नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, मनाङ, लमजुङ, गोरखा खोटाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ रहेका छन् ।

त्यसैगरी रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, हुम्ला, मुगु, जुम्ला, बाजुरा र वैतडी जिल्लामा पनि पहिलो चरणमा नै निर्वाचन हुँदैछ ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाता छन् ।

पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको लागि ४ हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।


क्लिकमान्डु