कैलाश विकास बैंकको ३९ औं शाखा कोहलपुरमा



काठमाडौं । कैलाश विकास बैंकले बाँकेको कोहलपुरमा ३९ औँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन बैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले असोज २९ गते गरेका छन् ।

बैंकको १९ वटा एटीएम सेवा छ । बैंकले निकट भविष्यमा दाङ्ग जिल्लाको लमही, सुनसरी जिल्लाको इटहरी, कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप चार शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

बैंकको चुक्ता पूँजी २ अरब २९ करोड रुपैयाँ छ । बैकको १८ अरब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


पुष्प दुलाल