सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने




काठमाडौं । सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको १३ औं बार्षिक साधारणबाट १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

यससंगै चुक्ता पुँजी ८ अरब रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

बैंकले संस्थापन समूह (समूह क) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकमा विनय कुमार श्रेष्ठ, तुकप्रसाद पौडेल र शाम्वा लामालाई निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा खुद नाफा १ अरब ३३ कारोड रुपैयाँ कमाएको छ । बैंकको कुल सम्पत्ति ६९ अरब ९५ करोड रुपैयाँ छ । कुलनिक्षेप ५७ अरब ७५ करोड तथा कर्जा सापटी खुद ५१ अरब २६ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७२÷७३ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.२३, २४.६२, २६.७६, र २५.१६ प्रतिशतले बृद्धि गरेको छ ।


पुष्प दुलाल