साढे ८ अंकले बढ्यो नेप्से, ५१ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ८.६९ अंकले बढेको छ । आइतबार नेप्से १५१८.२८ अंकमा अडेको छ ।

साताको पहिलो दिन १ सय ५५ कम्पनीका ८ लाख १४ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ५१ करोड ८६ लाख ६० हजाररुपैयाँ बराबरको सेयर किन बेच भएको छ । शुक्रबारको तुलनामा ११ करोड रुपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्से सामान्य सुधार देखिदाँ सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ समूह ८.६९, ट्रेडिङ समूह ३.४६, होटल समूह ३०.९, विकास बैंक समूह १२.९३, जल विद्युत समूह ६.०८, वित्तीय समूह १.५५ र बीमा समूह २६.०५ र र अन्य समूह १.७४ अंकले बढेका छन् ।

डिप्रोस डेभलपमेन्ट बैंकको सेयर १५ करोड ९६ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

प्रोगेसिफ फाइनान्स र बेस्ट फाइनान्सका लगानीकर्ताले ९.६२ र ९.४५ प्रतिशतले कमाएका छन् ।

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल