एनबीआईको अध्यक्षमा निरौला मनोनित




काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई)ले संचालक समितिको अध्यक्षमा नेपाल राष्ट्रि बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई मनोनित गरेको छ । एनबीआईले असोज २६ गते देखि लागु हुनेगरी संचालक समितिमा परिमार्जन गरेर अध्यक्षमा निरौलालाई मनोनित गरेको हो ।

त्यसैगरी, संचालक समितिको अन्य सदस्यहरुमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजीव जैन, लक्ष्मी बैंकका नायव महाप्रबन्धक सुमेद भट्टराई र रुरल माक्रोफाइनान्स डेभलपमेण्ट सेन्टरका नायव प्रमुख कार्यकारी अधिकृत राम दयाल राजवंशी नियुक्त हुुनु भएका छन् । पूर्व बैंकर उपेन्द्र पौडेलको सदस्यता संचालक समितिमा यथावत छ ।


पुष्प दुलाल