सगुनमा दोस्रो चरणको लगानी गर्ने समय सीमा नोभेम्वर ३० सम्म




काठमाडौं । सोसल कमर्स सञ्जाल सगुनले हालै खुल्ला गरेको लगानी अवसरलाई आगामी नोभेम्वर ३० मा स्थगित गर्ने घोषणा गरेको छ । साथै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप पनि सार्वजनिक गर्ने भएको छ ।

प्रतिशेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ‘ग’ श्रेणीको सामान्य शेयरका लागि यस चरणमा न्युनतम १ हजार अमेरिकी डलरको शेयर खरिद गर्नुपर्ने हुन्छ । यस चरणमा सगुनले लगानी गरिने रकम क्रेडिट र डेविट कार्ड, एसीएच, बैंक तथा चेकमार्फत् भुक्तानीबाट स्वीकार गरेको सगुनले जानकारी दिएको छ ।

सगुनले आफ्नै वेबसाइटबाट शेयर जारी गरेको छ जहाँ लगानीको बारेमा आवश्यक पर्ने जानकारी पढ्न तथा डाउनलोड गर्नको लागि समेत उपलव्ध छ ।

सगुनमा संसारभरबाट लगानीकर्ताले लगानी गरेका छन् । तीमध्ये अधिकांश अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत तथा मध्यपूर्वका रहेका छन् । यसमा रहेका शेयरधनीहरुमध्ये अधिकांश यसका प्रयोगकर्ता र समर्थक रहेका छन् ।

थप व्यक्तिहरु दैनिक रुपमा यससँग जोडिने क्रम जारी रहेको कम्पनीको भनाइ छ । पहिलो चरणमा ३ हजार भन्दा बढीले लगानी गर्न चाहे पनि फर्म भरेर बैकसम्म पुगेर बैक मार्फत वायर टान्फर गर्नु पर्ने झन्झटका कारण लगानी गर्न छुटेका थिए । यस चरणमा क्रेडिटर डेविट कार्ड मार्फत समेत लगानी गर्न सकिने भएपछि कारण लगानी कर्तालाई सहज हुने अनुमान सगुनले गरेको छ । पहिलो चरणमा लगानि गर्न छुटेकाहरुले पनि पनि यस चरणमा लगानी गर्न सक्ने बताइएको छ ।

कम्पनीले यसबीचमा आफ्नो पूर्णकालीन कर्मचारी संख्यालाई १२ बाट ४२ पुर्याएको छ । र, आफ्नो मोबाइल एप बनाउनको लागि १० लाख अमेरिकी डलर खर्च गरेको छ । सगुनले इन्डिएन इन्स्टिच्युट अफ टेक्नोलोजी, दिल्लीसँग ब्याट्री रिचार्ज गर्ने प्रविधि, आर्टिफिसिएल इन्टेलिजेन्स, सेमान्टिक वेब, प्राकृतिक भाषा प्रसोधन क्षमतामा सहकार्य गर्ने निर्णय समेत गरेको छ ।


क्लिकमान्डु