सानिमा बैंकको ४७ औं शाखा गौशालामा



काठमाडौं । सानिमा बैंकले काठमाण्डौंको गौशालामा शाखा स्थापना गरेको छ । बैंकले असोज २५ गते ४७ औं शाखा गौशालामा स्थापना गरेको हो ।

शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट संयुक्त रुपमा गरिएको थियो । ।

बैंकका अध्यक्ष श्रेष्ठले समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस गौशाला शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

बंैकको ४७ वटाशाखा संजाल तथा ५३ वटा एटीएम छन् ।


पुष्प दुलाल