थानेश्वर न्यौपानेले जिते आईएमईको १० लाख



काठमाडौं । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गतको नगद १० लाख रुपैयाँको पहिलो बम्पर उपहार आइएमई सेवाग्राही  थानेश्वर न्यौपानेले प्राप्त गरेका छन् ।

कतारबाट नेपालमा २७ हजार ५ सय रुपैयाँ पठाएका न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित भएका हुन् । काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीयकार्यालयमा आयोजित घोषणा कार्यक्रममा आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरी लगायत आइएमईका उच्चपदस्थ कर्मचारीको सहभागिता रहेको थियो ।

यस्तै,  तेस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही बिमल गौतमले प्राप्त गरेका छन् । युएईस्थितअल–अहलियाबाट गौतमले नेपाल पैसा पठाएका थिए  । गौतमले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफइन्स्युरेन्सको ६ लाख रुपैयाँबराबरको जीवन बीमा प्राप्त गर्नेछन् ।

यहीभाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’बाट करिव २ हजार ७ सय जनाआईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेको कम्पनीले जनाएको छ ।


पुष्प दुलाल