घुस रकमसहित पक्राउ परेका वडा सचिव अयोध्या विश्र्वकर्मा विरुद्ध अख्तियारद्धारा मुद्धा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका कपिलवस्तु जिल्ला यशोधरा गाउँपालिका वडा नं ४ का वडा सचिव अयोध्या विश्र्वकर्मा र कृषि प्रविधिक बृजस चाई विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

वडा सचिव विश्र्वकर्माले नेपाली नागरीकताको प्रमाण-पत्र बनाउने सिलसिलामा सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको अवस्थामा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले ७ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।

आरोपित विश्र्वकर्माले घुस रकम लिइ अर्का कृषि प्रविधिक बृजस चाईलाई राख्न दिएको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएको हुंदा, निजलाई विगो ७ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको जानकारी दिएको छ ।

साथै कृषि प्राविधिक चाईलार्इ समेत भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।


क्लिकमान्डु