समिट एयरले ल्यायो १८ सिटे नयाँ जहाज, छोटो धावन मार्गमा उडान गर्ने




काठमाडौं । समिट एयर (पुरानो गामा एयर)ले १८ सिट क्षमताको नयाँ जहाज ल्याएको छ । वेदर राडार र अटोपाइलटलगायताका अत्याधुनिक प्रविधि रहेको जहाज क्याप्टेन स्टेफन जोलीले अलजेरियाबाट उडाएर हिजो मंगलबार १ः ३० बजे नेपाल ल्याइएको एयरले जानकारी दिएको छ ।

छोटो दूरीका धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने एयरले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणको मापदण्ड पूरा गरेर पूर्वी, पश्चिम र मध्यपश्चिममा उडान गर्ने जनाएको छ ।

यो सहित समिट एयरमा जहाजको संख्या ४ पुगेको छ ।


पुष्प दुलाल