प्रतिनिधिसभा र संघीय संसद्को यस्तो हुनेछ मतपत्र (७ रोचक तथ्यसहित)



काठमाडौं । आगामी मंसिर १० र २१ गते हुन लागेको संघीय संसद र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाईको काम गरिरहेको छ ।

आयोगकाअनुसार हाल समानुपातिक निर्वाचन प्रणाली अन्तगरतको मतपत्र छपाई गरिरहेको छ । केही दिन भित्रै मतपत्र छपाईको काम सम्पन्न हुने छ ।

राजनीतिक दलले प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गराएपछि उक्त प्रणालीमा उम्मेदवार भएकाहरुको आधारमा अर्को मतपत्र छपाई हुनेछ ।

यसै सन्दर्भमा आगामी निर्वाचनमा पयोग हुने मतपत्रको ७ रोचक विषय भने धेरैलाई थाहा नहुन सक्छ ।

के हुन् ती ७ रोचक विषय

१) निर्वाचन आयोगमा दर्ता भएका दलहरुको चुनाव चिन्ह भएको समानुपातिकको मतपत्र देशभर एउटै हुनेछ ।

२) प्रदेशको समानुपातिकको मतपत्र प्रदेशभर एउटै हुनेछ ।

३) संघ र प्रदेशको समानुपातिकको मतपत्र अलग अलग हुनेछन् ।

४) प्रत्यक्षतर्फको मतपत्र प्रत्येक निर्वाचन क्षेत्रमा अलग अलग हुनेछ ।

५) प्रत्येक निर्वाचन क्षेत्रमा पार्टी र स्वतन्त्र उम्मेदवारको मात्र चुनाव चिन्ह हुनेछ ।

६) राष्ट्रिय दल भए पनि उम्मेद्वार नभएको क्षेत्रमा मतपत्रमा उक्त पार्टीको चुनाव चिन्ह हुनेछैन ।

७) उम्मेदवारी दर्ता भएपछि मात्र प्रत्यक्षतर्फको मतपत्रको छपाईको काम हुनेछ ।


क्लिकमान्डु