१५ सय अंकको लुकामारीमा नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आजपनि रातो रङ पोखिएको छ ।
नेप्से परिसूचक ८.१२ अंकले घटेर घट्दा १५०१ .८९ विन्दुमा आएको छ ।

नेप्सेले १५ सय अंकको टेवा परिक्षण गरेको देखिएको छ । हिजोको कारोबारमा पनि नेप्से परिसूचक १५ सयबाट तल ओर्लेको थियो भने पछि १५ सयभन्दा माथी गएको बन्द भएको थियो ।

आजको कारोबारमा पनि नेप्से परिसूचक १५ सयभन्दा तल ओर्लेपनि बन्द हुने समयमा १५०१.८९ बिन्दुमा आएर कारोबार बन्द भएको छ ।

नेप्सेमा आज १५२ कम्पनीका ६ लाख ४३ हजार ५ कित्ता सेयर खरिद बिक्री भएको छ । नेप्सेमा ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

कम्युनिष्ट पार्टीहरुबीचको चुनावी तालमेल तथा सेयरको बढ्दो आपूर्तिको कारण बजारमा सेलिङ प्रेसर बढी छ । जसको बजार बजारमा परेको छ ।


क्लिकमान्डु