तारे होटलमा एनआरएनको २२ अर्ब बढी लगानी



काठमाडौं । गैर आवासिय नेपाली (एनआरएन) हरुले नेपालमा लगानी विस्तार गर्न थालेका छन् । कामको शिलशिलामा विदेश गएका नेपालीहरुले विदेशमै रहेर र नेपाल फर्केर लगानी बढाउन थालेका हुन् । खासगरी होटलमा लगानी गर्न एनआरएनहरु बढी उत्साहित देखिएका छन् ।

राजधानी काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज, धनगढी, विराटनगर, धरानमात्र नभई धुलिखेल, नगरकोटलगायत ठाउँमा नयाँ होटल निर्माणमा प्रतिस्पर्धा नै छ । भवितव्य नभए सन् २०२० सम्ममा १० वटा ठुला पाँच तारे होटल थपिने निश्चित छ ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले काठमाडौंमा ठूलो लगानीमा अन्तर्राष्ट्रिय चेन सेराटन होटल निर्माण गरिरहेका छन् । १८ नयाँ ५ तारे होटलमध्ये ४ वटा ठूला होटलमा एनआरएनको लगानी छ ।

एनआरएनहरुले अहिले होटल तथा रिसोर्टहरुमा २० अर्ब भन्दा बढी लगानी गरेको अनुमान छ । एआरएनए अभियानले ल्याएको सकारात्मक प्रभाव स्वरुप होटल क्षेत्रमासमेत एनआएएनको लगानी बढ्न थालेको छ । ठूला मात्रै नभएर हाल दर्जनौ संख्यामा रिसोर्टहरु एनआएनले लगानी गरिरहेका छन् ।

एनआरएनएले लगानी गरेका आधा दर्जन भन्दा बढी रिसोर्टहरु संचालनमा रहेका छन् । पोखराको रुपाकोर्ट रिसोर्ट तथा हाल अध्यक्षका उम्मेदवार भवन भट्टको धुलिखेल माउन्टेन रिसोर्ट संचालनमा रहेका छन् ।

नेपालमा तारे होटलका ५ लाख २३ हजार ४ सय ५३ वेड रहेका छन् । निर्माणाधीन पाँचतारे र चारतारे होटलहरुको निर्माण पश्चात कम्तीमा ३ हजार २ सय ६२ कोठाहरु थपिने छन् ।

पछिल्लोपटक थपिएको लगानीको आधाभन्दा बढी हिस्सा काठमाडौं एक्लैले थेगेको छ । राजधानीका ठमेल, नागपोखरी, लाजिम्पाट र नक्सालमा चारतारेदेखि पाँचतारे स्तरका आधा दर्जन होटल निर्माण भइरहेका छन ।

यिनमा पुस्तौंदेखि होटल व्यवसाय गर्दै आएकादेखि होटल क्षेत्रमा पहिलोपटक लगानी गरेका व्यवसायीसम्म छन् ।

होटल क्षेत्रमा एनआरएनएको लगानीले अन्य लगानीकर्तालाई पनि उत्साह थपेको बताउँछन्, होटल व्यवसायी योगेन्द्र शाक्य । अहिले नयाँ होटलहरुमा बैंकको ४५ अर्व रुपैयाँको हाहारीमा लगानी रहेको छ । आगामी सन् २०१९ भित्रैमा नेपालमा दुईवटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदै छन ।

‘एनआरएनले होटलमा मात्रै नभएर अन्य क्षेत्रमा समेत लगानी गर्नु सकारात्मक हो,’ शाक्यले भने ।

एनआरएन अध्यक्ष शेष घले अस्टेलियाको एमआईटी ग्रुप होल्डिङ्सको शेराटन काठमाडौंको निर्माण शुरु गरेको छ । करीब ८ अर्ब रुपैयाँको लगानीमा सिंगापुरको स्टारवुड ग्रुपले व्यस्थापन सम्हाल्ने गरी २०१८ को फेब्रअरीबाट संचालने गरी होटल निर्माण कार्य सुरु भएको थियो । तर एक वर्ष काम रोकिएपछि सन् २०१९ सम्ममा संचालन गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै एनआरएनएको सामूहिक लगानीमा ठमेलमा एनआएनए होटल समेत निर्माण भइरहेको छ । झन्डै ५ अर्ब लगानी रहने उक्त होटल सन् २०२० भित्र संचालनमा ल्याउने लक्ष्य लगानी कर्ताहरुको रहेको छ । उक्त होटलमा शेष घले देखि दर्जनौ एनआएनएको लगानी रहेको छ । उक्त होटलमा ५ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा यसअघि नै भइसकेको छ ।

एनआरएनएकै व्यवस्थापन तथा लगानीमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) होटल समेत संचालनको क्रममा रहेको छ । चारतारे उक्त होटल जापानका एनआएनए चिरञ्जीवी थापाले सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएका छन् ।

त्यस्तैगरी स्टारउडकै व्यवस्थापनमा संचालन हुने छायाँदेवी सेन्टर अलफ्ट काठमाडौं होटलमा पनि केही एनआरएनको लगानी रहेको छ ।

होटलको बहुमत लगानी पृथ्वी बहादुर पाँडेको भएता पनि केही लगानी लगानी एनआरएनएको समेत रहेको छ । पाँच अर्व लगानीमा छायाँसेन्टरको करीब पाँच अर्ब रुपैयाँ खर्च गर्ने गरी होटल निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा पाँचतारे होटल बनाउँदै छ । उक्त होटलमा एनआएनएहरुको लगानी गर्न चासो दिएका छन् ।

एनआरएनका संस्थापक अध्यक्ष समेत रहेका उपेन्द्र महतोले उक्त होटलमा लगानी गर्ने तयारी गरेका छन् । उक्त होटलमा ४ अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्य राखिएको छ ।

३ वर्षअघि नेपाल आर्थिक पत्रकार समाजले ९ जिल्लामा गरेको अध्ययनमा एनआरएनले ३० अर्ब रुपैयाँ लगानी गरेको देखिएको थियो ।

बाँकी ६६ जिल्लामा र त्यसपछिका वर्षमा सहित भएको लगानी गर्दा नेपालमा एनआरएनहरुले खर्ब बढी लगानी गरेको अनुमान छ । एनआरएनको लगानीबाट सञ्चालित कम्पनीमा हजारौंले रोजगारीसमेत पाएका छन् ।


पुष्प दुलाल