एनबीआई र एमजीइएसबीच सम्झौता



काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) र मनिपाल ग्लोबल एजुकेशन सर्भिसेस (एमजीइएस) बीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवं अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

भारतको बैंगलोरमा २२ सेप्टेम्बरमा भएको सो सम्झौता पत्रमा एमजीइएसका उपाध्यक्ष बिमलजित सिंह भासिन र एनबीआईका प्रमख र्कायकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका थिए ।

एनबीआइले सम्भौता गरेको एमजीइएस अन्र्तगतको एकेडेमी अफ ब्याङकीङ एण्ड फाइनान्स सर्भिस भारतको एक उत्कृष्ट बैंकिङ्ग एकेडेमी भएको जानकारी गराइएको छ । यसले भारतलगायत एशियाका विभिन्न मुलुकका बैंक, इन्सुरेन्स र अन्य वित्तिय क्षेत्रका गरी ६० हजार भन्दा बढी कर्मचारीहरुलाई तालिम दिइ सकेको छ ।

हाल यस एकेडेमीसँग ४० भन्दा बढी विभिन्न बैंक तथा वित्तिय संस्थाहरु आवद्घ भई दक्ष जनशक्ति विकास गर्ने कार्यमा जुटेका छन् । एमजीइएस आफ्नो आवासिय तालिमहरु जयपुर र बैंगलोरका क्याम्पसहरुबाट दिने गरेको छ ।

सम्झौता अनुसार एनबीआइ र एमजीइएसले विभिन्न किसिमका तालिम, सम्मेलन र कार्यशाला संयुक्त रुपमा संचालन गर्ने योजना भएको एनबीआइले जनाएको छ ।


पुष्प दुलाल