उद्योग वाणिज्य संघ जाजरकोटमा एमाले-राप्रपा मिलेर काँग्रेस-माओवादी गठबन्धनलाई हराए

क्लिकमान्डु २०७४ असोज २३ गते ९:२४ मा प्रकाशित

जाजरकोट । जाजरकोट उद्योग वाणिज्य संघको आइतबार सम्पन्न निर्वाचन परिणामअनुसार अध्यक्षमा एमाले र राप्रपाका साझा उम्मेदवार कर्णबहादुर खत्रीसहित गठबन्धनको प्यानलै विजयी भएको छ ।

खत्रीले काँग्रेस र माओवादी (केन्द्र)का साझा उम्मेदवार भद्रबहादुर वलीलाई ८३ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । खत्रीको पक्षमा ३६७ मत परेको थियो भने वलीले २८४ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा पनि कर्णकै प्यानलका शिवविक्रम हमाल विजयी बनेका छन् ।

त्यस्तै उपाध्यक्षमा नरबहादुर थापा विजयी भए।

महासचिवमा ईश्वरीबहादुर खत्री ,सचिवमा अमरबहादुर शाही, कोषाध्यक्षमा मोहन खड्का विजयी भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यमा चक्रबहादुर थापा , मंगले बुढाथोकी , खिमबहादुर शाही र विष्णु वली विजयी भए भने, जनजाति सदस्यमा गणेशबहादुर थापा , महिला सदस्यमा बन्दना पुन , धनमाया खड्का र दलित सदस्यमा गणेशबहादुर कामी विजयी भएको उद्योग वाणिज्य संघ जाजरकोटले जनाएको छ ।

अपांग सदस्यमा यसअघिनै काँग्रेस माओवादी केन्द्र गठबन्धनका भीमबहादुर खत्री निर्विरोध निर्वाचित भएका थिए। रासस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स