२५% लाभांश घोषणा गर्दापनि घट्यो ब्यूचिप चिलिमेको सेयर मुल्य



काठमाडौं । ब्यूचिप कम्पनी चिलिमे हाइड्रो पावरले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको संचालक समितिले १५ प्रतिशत बोनस सेयर १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

चिलिमेले सर्वसाधारण लगानीकर्ताको अपेक्षा अनुसार बोनस सेयर घोषणा गर्दापनि यसको मुल्य भने घटेको छ ।

आइतबार चिलिमेको सेयर मुल्य प्रतिकित्ता ८ रुपैयाँले घटेको छ ।

कम्पनीले गतवर्ष करिब १ अर्ब नाफा गरेको थियो ।

 


क्लिकमान्डु