सेयर बजारमा लाल आंतक !



काठमाडौं । देशका प्रमुख कम्युनिष्ट पार्टीहरुबीच चुनावी तालमेल र पार्टी एकीकरणको प्रभाव सेयर बजारमा देखिएको छ । दशैं लगत्तै नेकपा एमाले र माओवादीले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने घोषणा गरिसकेका छन् ।

दशैंको बिदापछि दुई दिन खुलेको सेयर बजार घटेको थियो । त्यसपछि बजार भने बन्द थियो । आजदेखि दशैं बिदाको सबै माहोल सकिएको छ । दशैंको लामो बिदापछि खुलेको सेयर अहिलेसम्म ३७.८७ अंकले घटेको छ ।

अहिले बजार कारोबार खुल्ला छ । अहिलेसम्म १३१ कम्पनीको मात्र कारोबार भएको छ । जसमा ३ वटा कम्पनी बाहेक सबैको सेयर मुल्य घटेको छ ।

यसअघि देखि नै राजनीतिक घटनाक्रमहरुले नेप्सेलाई प्रभावित बनाउँदै आएको छ । राजनीतिक अवस्था सकरात्म भएको सन्देश जाँदा ह्वात्तै बढ्ने र नकरात्मक भएको सन्देश जाँदा ह्वात्तै घट्ने प्रवृत्ति छ ।

तर, धेरै लगानीकर्ताहरु दशैं विदाका कारण सक्रियरुपमा सेयर कारोबारमा संलग्न हुन नसकेकाले पनि सेयर बजार घटेको हुनसक्ने अनुमान पनि गरिएको छ ।


क्लिकमान्डु