महुली लघुवित्तले दिने भयो ५० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश



काठमाडौं । महुली सामुदायिक लघुवित्त संस्थाले लगानीकर्तालाई बम्पर लाभांश दिने घोषणा गरेको छ ।

महुलीको संचालक समितिको बैठकले ५० प्रतिशत बोनस सेयर त्यसमा लाग्ने करको लागि १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

महुलीको चुक्ता पुँजी अहिले ४ करोड रहेको छ ।

५० प्रतिशत बोनस सेयर पछि महुलीले ५० प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी ९ करोड पुर्याउने जनाएको छ ।


क्लिकमान्डु