साना पार्टीले हैसियत भन्दा बढी मागपछि दुवै गठबन्धनमा लफडा



काठमाडौं । गठबन्धन गरेर निर्वाचनमा लड्ने तयारी गरेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धमा सिटको तालमेल मिलाउने विषयमा चर्को लफडा परेको छ ।

एकले अर्कोको अस्तित्व समेत स्वीकार गर्न नसकिरहेका दलहरु एक आपसमा मिल्ने कुरा राजनीति र मुलुकका लागि राम्रो भएपनि खास अर्थमा तालमेल हुन भने गाह्रो पर्ने देखिएको छ ।

सिट बाँडफाँडका विषयमा पटक पटक छलफल र बैठक भएपनि वाम र लोकतान्त्रिक दुवै गठबन्धनभित्र कुरा मिल्न सकेको छैन ।

वाम गठबन्धनमा सहभागी नयाँ शक्ति नेपालले हैसियत भन्दा बढी १५ प्रतिशत स्थानमा आफूहरुलाई प्रतिनिधित्व दिनुपर्ने भन्दै माग राखेपछि लफडा सुरु भएको हो ।

नयाँ शक्तिका तर्फबाट उम्मेदवार छनौट कार्यदलमा रहेका सदस्य गंगानारायण श्रेष्ठले आफ्नो पार्टीलाई १५ प्रतिशत दिनुपर्ने अडान राखेपछि सहमति हुन नसकेको बताइन्छ ।

सो पार्टीलाई गोरखा, रसुवा र कैलालीको एक– एक सिट दिन सकिनेमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र्र) सहमत छन् । तर सो पार्टीले धादिङ, दाङ, र तराईका केही जिल्लामा गरी कुल १५ निर्वाचन क्षेत्र सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

उता एमालेले पनि माओवादीले ल्याएको मतका आधारमा मात्रै सिट दिन सकिने भन्दै अडान कायम राख्दा सहमति हुन नसकेको कार्यदलमा सहभागी एक सदस्यले बताएका छन् ।

वाम गठबन्धमा जस्तै रोग लोकतान्त्रिक गठबन्धमा पनि देखिएको छ । मधेस केन्द्रीत दलले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूहरु दुइृ तिहाइृ बढी तराईको क्षेत्र दिनुपर्ने कडा अडान माग गरेका छन् ।

मधेसीको सो माग पूरा गर्न काँग्रेसलाई समेत अप्ठेयारो पर्ने देखिएको छ । प्रदेश नं २ नेपाली काँग्रेसको पकडको क्षेत्र हो । सोही क्षेत्र र समथर तराईका अधिकाशं स्थाान मधेसी दललाई दिदा आफूलाई के त भन्ने बरोमा काँग्रेस नेताहरु सहमत हुन सकेका छैनन् ।

तालमेल गरेका बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन घोषणापत्र र आगामी रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका छन् ।

आगामी रणनीति बनाउन लोकतानित्रक गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ । आज दिउँसोबस्ने बेठकले ६ दलबीच तालमेल र सिट बाँडफाँड टुङ्गो लगाउनेछ ।

काँग्रेस नेता पूर्णबहादुर खड्काले आज तालमेल र सिट बाँडफाँडका विषयमा सहमति गर्ने जानकारी दिए ।

उनका अनुसार दुबै निर्वाचनमा कसरी भागबण्डा मिलाएर अघि बढ्ने बारेमा कार्यदलभित्र छलफल चलिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कांग्र्स गठबन्धनमा आउन चाहाने दलहरुले मागेको सिट संख्या, देशभरी उनीहरुको उपस्थितिलाई ध्यानमा राखेर सहमति खोजिनेछ ।

तर, सिटका विषयमा हैसियता भन्दा बढी माग गरेपछि ठूलो दल समस्यामा परेको छ ।


क्लिकमान्डु