सडक दुर्घटनाको शिकार बने किर्गिजिस्तानका उपप्रधानमन्त्री



उपप्रधानमन्त्री टेमिर झुमाकादाइरोभ

किर्गिजिस्तान । किर्गिजिस्तानका उपप्रधानमन्त्री टेमिर झुमाकादाइरोभको शनिबार सडक दुर्घटनामा परी निधन भएको छ ।

झुमाकादाइरोभ चढेको कार र विपरित दिशाबाट आएको ट्रक बिशकेक-कारा-बाल्टा राजमार्ग क्षेत्रको सादोभ्य गाउँमा एक आपसमा ठक्कर खाँदा उनको शनिबार बिहान ७ः३० बजे मृत्युभएको किर्गिजिस्तानको राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

घटनामा उनको सहयोगी र कार ड्राइभरसमेतको मृत्यु भएको थियो ।

घटनामा घाइते भएका ट्रक ड्राइभरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यसै बर्षको अगस्तमा उपप्रधानमन्त्री बनेका ३८ बर्षीय झुमाकादाइरोभ त्यसपहिले राष्ट्रिय सुरक्षा परिषद्को प्रमुखका रुपमा कार्यरत थिए ।रासस


क्लिकमान्डु