एनआरएन यूकेका अगुवाहरुले गरे सगुनमा लगानी




लन्डन । सोसियल इकमर्स प्लेटफर्म ‘सगुन’मा बेलायतमा रहेका गैर आवासिय नेपाली संघ ९एनआरएन०का अगुवाहरुले लगानी गरेका छन् । सगुनमा शेयर लगानी गर्न पाउने अवसर खुल्ला भएको घोषणा गरिएको केहि समयपछि यूकेबाट एनआरएनका अगुवाहरुले लगानी गरेका हुन्।

एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी एवं पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, मेजर रिटायर्ड डमर घले र कुल आचार्यले सगुनमा लगानी गरेका हुन्। एक आम नेपालीले अमेरिकामा शुरु गरेको स्टार्ट अप कम्पनी सगुनमा लगानी गर्न उनीहरुले आव्हान समेत गरेका छन् ।

सगुनका सिइओ तथा संस्थापक गोविन्द गरि हुन्। गिरीले नै सन् २०१४ मा सगुनको सोसियल इकमर्स प्लेटफर्मको शुरुवात गरेका हुन्।

सामाजिक तथा मानविय कर्ममा समेत आफूलाई स्थापित गराईसकेका एनआरएन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङले केही जागरुक नेपालीले नेपालको समृद्धि र नेपाली पहिचानका लागि शुरु गरेको व्यवसायिक अभियानमा सहभागि हुनु आफ्नो लागि खुसीको कुरा भएको बताए । ‘नेटवर्किङ गर्ने कम्पनीहरुभन्दा अलग सगुन आइटी कम्पनी भएको तथा शेयर कारोवार हुने व्यवसाय भएकाले यसको भविष्य उज्वल देखेको छु, बेलायतवासी अन्य नेपालीलाई पनि सगुनमा लगानी गर्न मेरो सुझाव छ,’ गुरुङले भने ।

सगुनले रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत बेलायतबाटै दोश्रो पटक सर्वसाधारणबीच शेयर खरिदको अवसर खुल्ला गरेको थियो । बेलायतमा लगानीको अवसर अब केही समयका लागि मात्र खुल्ला गर्ने तयारी सगुनको छ ।

यो दोस्रो चरणमा सगुनमा न्यूनतम एकहजार डलर लगानी गर्न सकिन्छ। लगानी गर्दा पहिलो पटक क्रेडिट वा डेबिट कार्डबाट पनि लगानी गर्न सकिने व्यवस्था समेत सगुनले मिलाइएको छ । लगानी गर्न चाहनेले सगनुको इन्भेष्ट पेज https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिने कम्पनीकाे भनाइ छ ।

सगुनले केहि हप्ताभित्रै एन्ड्रोयड मोवाइल एप ल्याउने तयारी समेत गरिरहेको छ । भारतबाट सार्वजनिक हुने एपको अन्तिम तयारी भइरहेको कम्पनीले जनाएको छ।

एपको सार्वजनिक हुनु अघी सगुनका सिइओ तथा संस्थापक गिरीले भारतमा विभिन्न उच्च राजनीतिक व्यक्तित्वहरु, वरिष्ठ सरकारी अधिकारीहरु तथा व्यवसायीसंग छलफल गरि सगुन प्रवर्धनमा समर्थन जुटाएका थिए ।


क्लिकमान्डु