यसकारण ५० कित्ताभन्दा बढी भर्न ठिक छैन् सपोर्टको आइपिओमा



काठमाडौं । सपोर्ट सपोर्ट माइक्रोफाइनान्सले आज बुधवारदेखि साधारण सेयर जारी गरेको छ ।

माइक्रोफाइनान्सले १ करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण सेयर (आईपिओ) निष्कासन गरेको हो।

माइक्रोफाइनान्सको आईपीओ असोज बिक्री खुल्ला छिटोमा असोज २३ गतेसम्म हुनेछ । सो अवधिसम्ममा पनि बिक्री नभएमा कात्तिक १६ गतेसम्मको अवधि थपिनेछ ।

माइक्रोफाइनान्सको आइपिओमा १ लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्यसै गरी पाँच प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।

आइपिओ आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट देशभरबाट भर्न सकिन्छ ।

हाल ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको आईपिओ निष्काशनपछि चुक्ता पूँजी ५ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

१० जिल्ला कार्यक्षेत्र भएको सपोर्ट माइक्रोफाइनान्सले गत आर्थिक बर्षमा ४८ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको थियो । उसको जगेडा  कोषमा ३१ लाख १९ हजार रुपैयाँ सञ्चित छ ।

सपोर्टले १ लाख ८० हजार कित्ता आइपिओ निष्कासन गरेको हुँदा मागभन्दा अत्यधिक आवेदन पर्छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार सबैलाई न्यूनतम सेयर दिनुपर्ने व्यवस्था छ ।

माग बढी पर्ने भएको र गोलाप्रथाबाट आइपिओको बाँडफाँड हुने हुँदा ५० कित्ता अर्थात ५ हजार रुपैयाँभन्दा बढीको सेयर आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।


क्लिकमान्डु