१३ वर्षकी किशोरी बलत्कार गर्ने झापाली युवा पुलिसको फन्दामा



दमक । १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्लाको शिवसतासी नगरपालिकाबाट एक युवक पक्राउ परेका छन् ।

पक्राउपर्नेमा शिवसतासी–७ का २९ वर्षीय नन्दलाल भुर्तेल रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पीडितका आफन्तले दिएको उजुरीका आधारमा भुर्तेललाई तीन दिनअघि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेकोे इप्रका झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए ।

अनुसन्धानका क्रममा भुर्तेलले आफ्नो गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ । रासस


पुष्प दुलाल