श्रीमानसँग बाइकमा आउँदै गरेकी महिला भालुको आक्रमणबाट घाइते



चितवन । भालुको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा माडी नगरपालिका –६ का २४ वर्षीया सिर्जना विक रहेको प्रहरीले जनाएको छ ।

माडीबाट मोटरसाइकलमा भरतपुरतर्फ आउँदै गरेकी विकलाई राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट नजिकै बच्चासहित रहेको भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणबाट मोटरसाइकल पल्टिएपछि उनलाई भालुले पुनः आक्रमण गरेको थियो ।

घाइते विकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक उहाँका श्रीमान् सागर विक सकुशल रहेका छन् । रासस


पुष्प दुलाल