‘डिभी चिठ्ठा’ खुल्यो, सित्तैमा भर्न यसो गर्नुस्



वासिङटन डिसी । चिठ्ठामा आधारित अमेरिकी ग्रिनकार्ड भिसा (डिभी लोटरी) कार्यक्रम अन्तर्गत २०१९ को लागि भोलि (मंगलबार) बेलुका ९ः४५ बजेबाट आवेदन खुल्दै छ । डाइभर्सिटी भिसा अर्थात् डिभी चिट्ठा आवेदन कार्यक्रम १७ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन हुने छ ।

कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि शुल्क नलाग्ने नेपालस्थित अमेरिकन दुतावासले जनाएको छ । डिभी निःशुल्क अनलाईन आवेदनमार्फत सञ्चालन भएको कारण पैसाको लोभमा नपर्न पनि दुतावासले आग्रह गरेको छ ।

‘भिसा कन्सल्टेन्सीमा गएर पैसा खेर नफाल्नुहोस्, डिभी कार्यक्रममा प्रवेश गर्नका लागि शुल्क लाग्दैन,’ दुतावासले सार्वजनिक सुचना जारी गर्दै भनेको छ ‘पैसै नपर्ने कामको लागि पैसा हालेर भाग्य चम्कने होइन !’

बिनाशुल्क आफैंले यसरी भर्न सकिन्छ डिभी

१. पहिला डिभीको लागि आवश्यक योग्यताको बारेमा जानकारी लिनुहोस । तपाई योग्य हुनुहुन्न भने डिभी परेपनि तपाईलाई अमेरिकाले भिसा दिँदैन । योग्यताको लागि तपाँईले कम्तीमा १२ पास गरेको हुनुपर्छ ।

१२ पास गर्नुभएको छैन भने तपाईंग कुनै न कुनै विशेष प्रमाणित सीप भएको हुनुपर्ने छ । फाराममा तपाईको नाम, लिंग,जन्म मिति,फोन नम्बर, ईमेल ठेगाना, पेसालगायतका विवरणहरु सोधिने छ त्यसको तयारी गर्नुहोस् ।

२. सबै विवरणहरुको मिति अग्रेजीमा रुपान्तरण गर्नुहोस । जन्ममिति, शैक्षिकयोग्यताको मितिहरु ।

३. २/२ को फोटो तयारी गर्नुहोस । फोटोको लागि डिभीको लागि खोलिने वेभपेजमा उदाहरण देखाईएको हुन्छ । तपाईको फोटो उपर्युक्त छ कि छैन भनेर पहिला चेक गर्न सक्नुहुन्छ ।

तर, जसरी पासपोर्टको लागि फोटो खिच्नुहुन्छ त्यस्तै चाहिन्छ अर्थात दुबै कान देखिने, अनुहारको हाउभाउ प्राकृतिक भएको ।

४. मंगलबार ९ः४५ बजेपछि यो http://dvlottery.state.gov लिंक खोल्नुहोस र देखाईएको निर्देशन अनुसार फाराम भर्नुहोस् ।

५. डिभी खुल्ले वित्तिकैको समय र बन्द हुने समयमा (कम्तीमा आधा देखि १ घण्टा अगाडिपछाडि) सकेसम्म डिभी नभर्नुहोस । किनकी यो समयमा उच्च आवेदनको संभावना हुने र यस्तो भए सिस्टममा दर्ता नहुन पनि सक्छ ।

६. सोधेको सबै विवरण सहि सहि भर्नुहोस र समिट गर्नु अगाडि एकपटक ध्यान दिएर हेरेर सबै सहि भएमात्र फाराम समिट गर्नुहोस । अब तपाईलाई एक दर्तानम्बर (कन्फर्मेसन) आउनेछ । यो नम्बरलाई सुरक्षित राख्नुहोस् ।

७. डिभी परेको जानकारी नआउन्जेल कागजहरु केही चाहिँदैन र तपाईलाई डिभी परेको नपरेको बारे कुनै ईमेल तथा हुलाकपत्र आउँदैन । अगामी मे १ गतेपछि डिभी खुलेको सुचना आउने छ र सोही वेभसाइटमा गएर तपाईले आफ्नो दर्ता नम्बर राखेर परेको नपरेको जानकारी लिन सक्नुहुने छ ।

८. डिभी भर्दा श्रीमान/श्रीमती र बच्चाहरुको सबैको विवरण भर्नुहोस दुबै जना १२ पास गर्नुभएको छ भने दुईवटा आवेदन भर्नुहोस अर्थात श्रीमान र श्रीमतीको छुट्टा छुट्टै तर दुबै जनाले श्रीमान श्रीमतीको नाम राख्नुहोस् दुई मध्ये कोही एउटालाई मात्र परे पनि काम लाग्छ ।

९. धेरै पटक भरे डिभी पर्ने होईन, त्यसैले एकपटक मात्रै भर्नुहोस् ।


पुष्प दुलाल