करिब २४ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण



दमौली । तनहुँ जिल्लामा गत आर्थिक वर्षमा २३ करोड ८८ लाख ६६ हजार ८१७ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त अपाङ्गता, आंशिक तथा अति अशक्त अपाङ्गता, ज्येष्ठ नागरिक (दलित), ५ वर्षमुनिका विपन्न दलित बालबालिकाका लागि सो  रकम भत्ता वितरण गरिएको हो ।

तीन हजार चार ज्येष्ठ नागरिक (दलित), आठ हजार ९०८ ज्येष्ठ नागरिक, ६ हजार ७०८ एकल विधवा, ३४३ पूर्ण अपाङ्ग, दुई हजार ८११ विपन्न दलितलाई भत्ता र ७० वर्ष नाघेका ११ हजार ६७० जनालाई उपचार खर्चका लागि सो रकम भत्ता वितरण गरिएको जिल्ला समन्वय समितिका पञ्जीकरण शाखाका खरिदार एकबहादुर राना मगरले बताए ।

बैकिङ प्रणालीबाट भत्ता वितरण गर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको बताइएको छ । अघिल्लो आवमा पनि तनहुँमा सोही हाराहारीमा भत्ता वितरण गरिएको थियो । भत्ता रकमले आफ्नो जीविकोपार्जनमा सहयोग पुगेको ज्येष्ठ नागरिकले बताएका छन् ।


क्लिकमान्डु