भारतमा आन्तरिक मोबाइल कलमा इन्टरकनेक्शनको शुल्क घट्यो



काठमाडौं । छिमेकी मुलुक भारतको दूरसंचार नियामक निकाय-ट्राइले आजदेखि भारतभर दूरसंचार कम्पनीहरुबीचको आन्तरिक इन्टरकनेक्शन शुल्क घटाएको छ ।

टेलिकम रेगुलटरी अर्थोरिटी अफ इण्डिया (ट्राइ) ले अक्टुबर १ तारिख अर्थात आजदेखि लागू हुने गरि भारतभर इन्टरकनेक्शन चार्ज ६ भारतीय पैसा प्रति मिनेट लागू गरेको हो । यसअघि यस्तो इन्टरकनेक्शनको शुल्क १४ पैसा प्रति मिनेट थियो ।

ट्राइले घरेलु टेलिकम कम्पनीहरुबीचको मोबाइलबाट मोबाइलमा हुने इन्टरकनेक्सन कलको दरलाई घटाएको हो ।

इन्टरकनेक्शन यूजेज चार्ज त्यस्तो शुल्क हो, जून टेलिकम कम्पनीहरुले ती दोस्रो कम्पनीहरुलाई भुक्तानी गदर्छन जसको नेटवर्कमा कल समाप्त हुन्छ ।

यसबाहेक भारतमा ल्याण्ड लाइनबाट मोबाइल, ल्याण्डलाइनबाट ल्याण्डलाइनमा हुने इन्टरकनेक्सनमा कुनै शुल्क नलाग्ने व्यवस्थालाई निरन्तरता दिईएको छ ।

भारतको दूरसंचार क्षेत्रको नियामक निकाय ट्राइले सन् २०२० को जनवरी १ तारिखदेखि भारतभर इन्टरकनेक्शनको शुल्क शुन्य बनाउने लक्ष्य यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यस्तो रकम कम हुँदा कम्पनीहरुले मोबाइलफोन कलको रकम पनि कम गर्ने अनुमान गरिएको छ । जसले अन्तत भारतीय मोबाइल प्रयोगकर्ताहरुलाई फाईदा हुनेछ । हालसम्म कुनैपनि टेलिकम कम्पनीले मोबाइल फोनको रेट घटाउने घोषणा गरेका छैनन् ।


क्लिकमान्डु