आइफोन ८ र आइफोन ८ प्लस दशैं लगत्तै नेपाली बजारमा आउने



काठमाडौं । एप्पलले यहि सेप्टेम्बर १२ मा विश्व बजारमा सार्वजनिक गरेको आइफोनको नयाँ भर्सन नेपालमा छिट्टै आउने भएको छ ।

नेपालका लागि एप्पलको आधिकारिक बितरक जेननेक्स्ट कम्यूनिकेसनले केहि साता भित्रै आइफोन ८ र ८ प्लस सार्वजनिक गर्ने जानकारी दिएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक पवन भिमसरियाकाअनुसार दशैं सकिने बित्तिकै तिहारलाई लक्षित गरेर आइफोन ८ र ८ प्लसस नेपालमा ल्याउने तयारी गरेको जानकारी दिए ।

‘आइफोन ८ र ८ प्लसको टाइप अप्रुभल लिईसकेका छौं, दशैं सकिएपछि नै नयाँ आइफोन बजारमा सार्वजनिक गर्छाैं,’ प्रबन्ध निर्देशक भिमसरियाले भने ।

जेननेक्स्टले पहिलो चरणमा आइफोन ८ र ८ प्लस मात्र सार्वजनिक गर्ने छ भने त्यसको करिब एक महिनामा आइफोन एक्स सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘आइफोन टेन आउन अझै समय लाग्छ, ८ र ८ प्लस सार्वजनिक गरेको एक महिनापछि मात्र आइफोन टेन आउँछ,’ भिमसरियाले भने ।

कम्पनीले नयाँ आइफोनका लागि नेपाल दूरसंचार प्राधिकरणमा आइफोन ८ र ८ प्लससहित आइफोन एक्सको पनि टाइप अप्रुभल लिनका लागि आवेदन दिएको छ ।

नयाँ आइफोनको नेपाली बजार मूल्य भने अझै निर्धारण नभएको उनले बताए ।


क्लिकमान्डु