बुटवल पाल्पाखण्ड सडक अवरुद्ध



बुटवल। अविरल वर्षाका कारण खसेको पहिराले गर्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पाखण्ड अवरुद्ध भएको छ ।

राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै गए राति पहाड माथिबाट खसेको ढुङ्गा सहितको पहिराले गर्दा करिब ११:३० बजेदेखि सडक आवागमन अवरुद्ध भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक अवरुद्ध हुँदा आवतजावत गर्ने सयौँ सवारीसाधन राजमार्गको दुवैतर्फ रोकिएका छन् भने दशैँको टीका लगाउन हिँडेका सर्वसाधारण अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन बुटवल तथा पाल्पाबाट दुईतर्फ डोजरले काम गरिरहेको भए पनि पहिरो निकै ठूलो भएकाले अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । केही दिन पहिले पनि सोही नजिकै माथिबाट खसेको ढुङ्गा पहिराले एउटा ट्रक र कारलाई च्याप्दा तीन जनाको ज्यान गएको थियो ।


क्लिकमान्डु