एडीबीले भन्यो- यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत मात्रै



काठमाडौं । तराईमा आएको बाढीले यो वर्ष नेपालको आर्थिक बृद्धिदर घटाउने भएको छ ।

एशियाली विकास बैंकले सार्वजनिक गरेको नेपालको आर्थिक स्थितीको प्रतिवेदन अनुसार बाढीले नेपालको एक तिहाई क्षेत्रमा प्रभाव पारेको भन्दै आर्थिक बृद्धिदर खुम्चने प्रक्षेपण गरेको छ ।

एडिबीले यसअघि नेपालको आर्थिक बृद्धिदर ५.४ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशत आर्थिक बृद्धि गर्ने लक्ष्य राखेको छ । गतवर्ष नेपालले साढे ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गरेको थियो ।

यसअघि विश्व बैंकले पनि बाढीको कारण नेपालको आर्थिक बृद्धिदर घट्ने प्रक्षेपण गरेको छ ।

एडिबीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कृषि क्षेत्रमा बाढीले ठूलो असर गर्ने देखिन्छ । कृषि क्षेत्रको बृद्धिदर यो वर्ष २.४ प्रतिशतले मात्र बढ्ने छ ।

मुख्य बाली धान उत्पादनमा बाढीले क्षती पुर्याएको एडिबी प्रतिवेदनमा उल्लेख छ । उद्योग क्षेत्रको बृद्धिदर भने ६.६ प्रतिशत बृद्धि हुने छ । यस्तै सेवा क्षेत्रको बृद्धिदर ५.५ प्रतिशत हुने छ ।

एडिबीले घट्दै गएको रेमिटेन्स चिन्ता जनक विषय भएको जनाएको छ ।


क्लिकमान्डु