जनताको घरमै गएर निजगढ नगरपालिकाले दियो सामाजिक सुरक्षा र स्वास्थ्य सेवा



काठमाडौं । निजगढ नगरपालिकाले जेष्ठ नागरिक र शारिरीक असक्त ब्यक्तिको घरदैलोमा सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा प्रदान गरेको छ ।

नगरपालिकाको पहिलो बोर्ड बैठकले सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा घरदैलोमा पुर्याउने निर्णय गरेको हो ।

नव निर्वाचित निजगढ नगरपालिकाका मेयर सुरेश खनालले जेष्ठ नागरिक र शारिरीक असक्त ब्यक्तिको सुविधाको निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरिएको जानकारी दिए ।

‘हामी जनताको मतबाट निर्वाचित जनप्रतिनिधि हौं, नगरबासीले हामीबाट ठूलो अपेक्षा राखेका छन् । त्यसैको सुरुवात स्वरुप हामीले सामाजिक सुरक्षा भत्ता र निःशुल्क स्वास्थ्य सेवा नगरबासीको घर दैलोमा पुर्याउने निर्णय गरेका हौं,’ खनालले क्लिमाण्डूसँग भने ।

यस्तै, नगरपालिकाका उपमेयर लिलादेवी खनालले नगरको विकास नै सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुको एजेण्डा भएको बताइन् ।

‘नगरपालिकाको विकास गर्नु नै हाम्रो उद्देश्य हो, त्यसमा हामीबीच कुनै मतभेद आउने छैन्,’ उनले प्रष्ट पारिन ।

प्रत्यक ४ महिनामा जेष्ठ नागरिक र शारिरीक असक्त ब्यक्तिको घर दैलोमा सामाजिक सुरक्षा भत्ताको साथै दक्ष चिकित्सक सहित निःशुल्क स्वास्थ्य सेवा पुर्याउने नगरपालिकाले जानकारी दिएको छ ।

निजगढ नगरपालिकामा १३ वटा वडा छन् । मेयरसहित ५ वडा नेपाली काँग्रेसले जितेको छ भने उपमेयर सहित ८ वटा वडा नेकपा एमाले विजयी भएको छ ।


पुष्प दुलाल