युमिडिजीका उत्कृष्ट फोनहरू नेपाली बजारमा



काठमाडौँ। चिनियाँ स्मार्ट फोन उत्पादक युमिडिजीले आफ्ना उत्कृष्ट फोनहरू नेपाली बजारमा ल्याएको छ ।

भिभिडटेक इम्पेक्स प्रा. लि.ले आधिकारिक एकल वितरकका रूपमा नेपालमा युमिडिजीका पाँच नयाँ फोनहरू विक्री वितरण सुरू गरेको छ । अभिनेत्री केकी अधिकारीले युमिडिजीका उत्पादनहरु नेपालमा बिक्री शुरु भएको औपचारीक घोषणा गरिन् ।

भिभिडटेकका जेनेरल म्यानेजर गोविन्द सोनीका अनुसार यही वर्ष संसारभरि नै प्रस्तुत गरिएको जेड वान प्रो फोनका साथ-साथै अन्य चार नयाँ मोडलका फोनहरू पनि नेपालमा भित्र्याइएको हो ।

युमिडिजी कम्पनिका सि नोट २, एस २, जेड १, तथा सि २ फोनहरू अब नेपाली ग्राहकहरूले खरिद गर्न सक्नेछन् । सोनीका अनुसार युमिडिजीका थप आकर्षक फोनहरू नेपाली बजारमा छिटै नै भित्र्याइनेछन् ।

युमिडिजीका सम्पूर्ण फोनहरू साम्सङले निर्माण गर्ने र्‍याम तथा रोममा काम गर्छन्, साथै यी फोनहरूमा सोनी कम्पनिले निर्माण गरेको क्यामरा प्रयोग गरिएको हुन्छ । औँठा छाप प्रयोग गरेर नै फोन अनलक गर्ने प्रणाली यी फोनमा केवल ०.१ सेकेन्ड लाग्छ, जुन संसारका फोनहरूमध्ये सबैभन्दा द्रूतमध्ये पर्ने कम्पनीको दाबी छ ।


क्लिकमान्डु