दशैं लाग्दा नेप्से परिसूचक २.८९ अंकले घट्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.८९ अंकले घटेको छ । नेप्से परिसूचक १५३६ .९२ विन्दुमा आएको छ ।

नेप्सेमा आइतबार १५० कम्पनीका ९ लाख ९१ हजार ३ सय ६६ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ३१ करोड ५२ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ सकूह ४.९८, ट्रेडिङ समूह १५.२९, विकाश बैंक समूह ५.७ र अन्य समूह १.७३ अंकले घटेका छन् ।

बीमा समूह १०.१४, होटल समूह ३७.६४, जलविद्युत समूह १.०८ र वित्तिय समूह ४.२६, अंकले बढेका छन् ।

बरुण हाइड्रोपावर को लिमिटेडका लगानीकर्ताले ९.८५ प्रतिशतले कमाइ गरेका छन् । कुबेर मर्चेन्ट फाइनान्स र बिशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले ६ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु