साइन रेसुंगा र पूर्णिमा विकास बैंकले गरे बोनस सेयर घोषणा



काठमाडौं । साइन रेसुंगा विकास बैंक र पूर्णिमा विकास बैंकले बोनस सेयर दिने घोषणा गरेका छन् ।

साइन रेसुंगाले चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

१ अर्ब १० करोड चुक्ता पुँजी रहेको साइन रेसुंगाको बोनसपछि चुक्ता पुँजी १ अर्ब ३८ करोड पुग्ने छ ।

यस्तै ४४ करोड चुक्ता पुँजी भएको पूर्णिमाले ८ करोड ४५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको छ ।


क्लिकमान्डु