बारामा किरियापुत्रीद्धारा मतदान



बारा । प्रदेश नम्बर २ मा सोमबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा ५ किरियापुत्रीले मतदान गरेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र सिमरा मतदान केन्द्रबाट ४ जना र निजगढ–८ गौरीशकर मावि मतदान केन्द्रबाट १ जना किरियापुत्रीले मतदान गरेका हुन् ।

जितपुर सिमरा ४, जगदम्बा बस्ने जीतबहादुर श्रेष्ठ, राम श्रेष्ठ, लक्ष्मण श्रेष्ठ र कुमार श्रेष्ठले मतदान गरेका हुन् ।

श्रेष्ठका ४ दाजुभाईहरु बुबाको निधनपछि ४ दिनको क्रियाकर्ममा थिए । त्यसैगरि निजगढ–८ बाट किरियापुत्री गोविन्द दनुवारले समेत मतदान गरे ।


क्लिकमान्डु