७० प्रतिशत मत खसेको अनुमान



काठमाडौं । प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनमा ७० प्रतिशत हाराहारीमा मतदान भएको अनुमान गरिएको छ ।

विहान ७ बजेदेखि सुरु भएको निर्वाचन अहिले ५ बजे सकिएको छ । निर्वाचन आयोगले करिब कुल मतदाता संख्यामा ७० प्रतिशत मत खसेको अनुमान गरेको छ । केही घटना बाहेक प्रदेश नम्बर २ मा शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न भएको छ ।

मतदान सकिएपछि मतपेटिका मत गन्ने स्थानमा ल्याएपछि मतगणनाको प्रक्रिया सुरु हुन्छ । सर्वदलिय सहमतिमा कतिपय स्थानमा आजदेखि र कतिपय स्थानमा भोलिदेखि मतगणना प्रक्रिया सुरु हुने छ । मतपरिणाम आउन १ साता लाग्ने देखिन्छ ।


क्लिकमान्डु