नेप्से परिसूचक ४.२४ अंकले घट्यो



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.२४ अंकले घटेको छ । नेप्से परिसूचक १५४३.७० बिन्दुमा आएको छ ।

नेप्सेमा आज १ सय ६१ कम्पनीका १० लाख ३५ हजार ७ सय ९ कित्ता सेयर किनबेच भएको छ । नेप्सेमा ४६ करोड ९३ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ सकूह २.५२, बीमा समूह ७९.६, वित्तिय समूह ५.८६, होटल समूह २०.५ र विकाश बैंक समूह १.६१ र अन्य समूह १.७३ अंकले घटेका छन् ।

उत्पादन मूलक समूह २.३३, ट्रेडिङ समूह २०.७ र जलविद्युत समूह १४.८९ अंकले बढेका छन् ।

विशाल बजार कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशत कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ४.३६ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु