शिर्ष नेतादेखि प्रमुख निर्वाचन आयुक्तले दिए भोट



काठमाडौं । २ नम्बर प्रदेशमा भइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले मतदान गरेका छन् ।

यादवले सप्तरी जिल्लाको राजविराज नगरपालिको वडा नम्बर २ मा रहेको आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरे । सो मतदान केन्द्रमा उनले सबैभन्दा पहिले मतदान गरे ।

यस्तै नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गैर नगरपालिका २ स्थिती जुद्द माविबाट भोट दिएका छन् ।

कांग्रेसका नेता बिमलेन्द्र निधीले धनुषाको नगराइन नगरपालिका २ राजेश्वर उमावीबाट भोट दिएका छन् ।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर नगरपालिका २ जनता माविबाट भोट दिएका छन् ।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर तथा सदस्य महेन्द्र यादवको गृहजिल्लापनि सर्लाही हो । अध्यक्ष मण्डलका हृदयष त्रिपाठी बाहेक सबै २ नम्बर प्रदेशका हुन् ।


क्लिकमान्डु