चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिसँग ग्लोबल आइएमइ बैंकको अन्तरक्रिया



काठमाडौं । ग्लोबल आइएमई बैंक थानकोट शाखाले थानकोट चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरु तथा क्षेत्रका बासिन्दाको उपस्थितीमा बैंंकिङ सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले प्रदान गरिरहेका सेवा सुबिधा तथा बैंकिङ्ग सेवाको आवश्यकता बारे आयोजना गरिएको उक्त अन्र्तकृया कार्यक्रममा उपस्थित त्यस क्षेत्रका बासिन्दाले अत्याधुनिक बैंकिङ्ग सेवा, बैंकको व्याजदर सम्वन्ध तथा भुकम्प पिडित लाई आवास कर्जा लगायतका बिषयमा जिज्ञासाहरु राखेका थिए ।

उक्त नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले बृद्ध भत्ता वितरण, शाखारहित बैंकिङ सेवा लगायत अन्य सुबिधाहरुको माध्यमबाट त्यसक्षेत्रका बासिन्दामा बैंकिङ्ग सेवाको पहुचँ पुर्याउन आफुहरुले बैंकसंगको सहकार्यमा जोड दिने बताए ।

कार्यक्रममा उठेका विषयहरुको बारेमा बैंकका तर्फबाट बजार व्यवस्थापन एंब व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थी तथा सहायक महाप्रवन्धक सुरेन्द्रराज रेग्मीले जानकारी प्रदान गरेका थिए ।


पुष्प दुलाल