एनआईसी एसिया बैंकले गर्यो वित्तीय सचेतना र्याली



काठमाडौं । एनआईसी एसिया बैंकले सोमबार ३१ गते सर्वसाधारणमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बृहत् वित्तीय सचेतना र्यालीको आयोजना गरेको छ ।

बैंकको कमलादी शाखाबाट सुरु भएको उक्त र्याली काठमाण्डौंको विभिन्न मुख्य स्थानहरुको परिक्रमा गर्दै पुनः कमलादी शाखामा पुगेर समापन भएको थियो । र्यालीमा बैंकको ६०० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकले हाल ६ लाख रुपैयाँभन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक ३ लाख ३० हजार रुपैयाँभन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकहरुलाई देशभर रहेका आफ्ना १ सय २८ शाखा एवं विस्तारित काउन्टर मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रित सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सदैव आफ्ना ग्राहकहरुको सर्वोपरि हितलाई उच्च प्राथमिकता दिंदै विभिन्न आकर्षक, लाभदायी तथा ग्राहक केन्द्रित बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई बचत खातामा वार्षिक ९ प्रतिशतसम्मको आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ, जुन नेपाली वाणिज्य बैंकहरुले प्रदान गरेको ब्याजदर मध्येकै उच्च ब्याजदर रहेको छ ।


पुष्प दुलाल