सेञ्चुरी बैंकका सीइओ अनुजमणिको राजिनामा स्वीकृत, जिबन भट्टराई कामु सीइओमा नियुक्त



काठमाडौं । सेञ्चुरी बैंकको सञ्चालक समितिले प्रमु कार्यकारी अधिकृत (सीइओ) अनुजमणि तिमल्सिनाको राजिनामा स्वीकृत गरेको छ । तिमल्सिनाले केही हप्ताअघि पदबाट राजिनामा दिएका थिए ।

तिमल्सिनाको राजिनामा स्वीकृति गरेसँगै बैंक सञ्चालक समितिले कायम मुकायम (कामु) सीइओमा जीवन भट्टराई नियुक्त गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको २४२ औं बैठकले यस्तो निर्णय गरेको हो ।

नवनियुक्त कामु सीइओ भट्टराई ८ वर्षदेखि सेञ्चुरी बैंकमा कार्यरत छन् । बैंकको सञ्चालक समितिले सीइओका लागि केही बैंकरहरुसँग कुरा गरिरहेको छ ।


पुष्प दुलाल