अमेरिकनदेखि जिम्माबेलीसम्म जागिर खान आउँछन् नेपाल



काठमाडौं । वैदेशिक रोजगारीका वार्षिक लाखौं नेपाली बाहिरिने गरेका छन् । नेपालमा रोजगारीको वातावरण नभएकाले वैदेशिक रोजगारीमा जानु परेको धेरै नेपालीहरुको गुनासो हुन्छ ।

तर, यही नेपालमा लाखौं नेपाली रोजगार नपाए बाहिरिरहेका अवस्थामा अमेरिकादेखि जिम्माबेसम्मका श्रमीकहरु जागिर खाइरहेका छन् । उनीहरुले नेपालको आइएनजियो, निजी कम्पनी र सरकारी कार्यालयमा जागिर गरिरहेको श्रम विभागले जानकारी दिएको छ ।

देश महिला पुरुष जम्मा
चीन ५४ ८८८ ९४२
भारत ३८ ३८
मलेसिया
टर्की
अमेरिका १६ १८ ३४
आयरल्यान्ड
जर्मनी १५ १९
क्यानडा १०
इटाली १८ २३
फ्रान्स १० १० २०
कोरिया २४ २९
बेलायत २४ २८ ५४
बंगलादेश १०
अस्ट्रेलिया १२ १७
भेनेजुयला
फिलिपिन्स
जर्जिया
जापान ११
डेनमार्क
हंगेरी
केन्या
स्पेन
मेक्सीको
स्वीडेन
बुल्गेरिया
स्लोमेनिया
आइभरीकोष्ट
नर्वे
ताजिकिस्थान
थाइल्यान्ड
अष्ट्रिया
बेल्जियम
युक्रेन
नाइजेरिया
अफगानिस्तान
कोष्टारिका
म्यानमार
पाकिस्तान
स्वीजरल्याण्ड
रसिया
फिनल्याण्ड
ग्रीस
इन्डोनिसिया
नेदरल्याण्ड
न्युजिल्यान्ड
सर्विया
श्रीलंङका
भुटान
जिम्बाबे
बेलारुस
ट्रीनाडाड एण्ड टोवागो
चेक रिपव्लीक
काजकस्थान
पोल्यान्ड
स्लोभाकिया

आर्थिक बर्ष २०७३/७४ मा ५५ देशका १९ सय ७२ विदेशी कामदार श्रम विभागबाट स्वीकृति लिएर नेपालमा काम गरिरहेका छन् । जसमध्ये ६ सय ४८ जनाले अघिल्लो बर्षको श्रम स्वीकृतिलाई नविकरण गरेका छन् । आर्थिक बर्ष २०७२/७३ मा १४ सय ७२ विदेशी नागरिकले विभागबाट श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष श्रम स्वीकृति लिई काम गर्नेको संख्या ५ सयले बढेको विभागले जनाएको छ ।


क्लिकमान्डु