एनआईसी एशिया बैंकको २० प्रतिशत बोनस सेयर पारित, अध्यक्षमा अग्रवाल निर्वाचित



काठमाडौं । एनआईसी एशिया बैंकले २० प्रतिशत बोनस सेयर र १।०५ प्रतिशत नगतलाभांश दिने भएको छ । आज काठमाडौंमा बसेको बैंकको २०औं वार्षिक साधारणसभा सो निर्णय गरेको हो ।

बैंकको साधारणसभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, १।०५ प्रतिशत अर्थात् ७ करोड ४ लाख ४८ हजार ३ सय ९५ रुपैयाँ नगदलाभांश वितरण गर्ने प्रस्ताव  सभाले पारित गरेको छ

सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवाल र रामचन्द्र संघईले चयन गरेको छ । साथै, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा राजेन्द्र प्रसाद अर्याल, विनोद कुमार प्याकुरेल र आदित्यकुमार अग्रवाललाई सर्वसम्मतीमा सञ्चालकमा निर्वाचित गरेको छ । बैंकको ३ सय २०औं सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा गणेशमान श्रेष्ठलाई नियुक्त गरेको थियो ।

साथै,साधारण सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतीले चयन गरेको छ ।

बैंकले हाल करिब ५ लाख ७० हजारभन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजारभन्दा बढी डिजिटल बैंकिङ्गग्राहकलाई १ सय २५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवा दिइरहेको छ ।


पुष्प दुलाल