बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य घट्यो, कारोबार के होला ?



काठमाडौं । चीन सरकारको क्रिप्टोकरेन्सी (भर्चुअल) मुद्रामा रोक लगाउने निर्णयसँगै बिटक्वाइनलगायतका मुद्रामा तीब्र गिरावत आएको छ । सेप्टेम्बर महिनाको सुरुवातमा ५ हजार अमेरिकी डलरको हाराहारीमा खरिद/बिक्री भएको बिटक्वाइन अहिले ३ हजार अमेरिकी डलरमा झरेको छ ।

भर्जुअल मुद्राका माध्यमबाट हुन सक्ने धोकाबाजीलाई रोक्नका लागि चीन सरकारले क्रिप्टोकरेन्सीको कारोबार बन्द गर्न लागेको हो । चीनमा क्रिप्टोकरेनसीको कारोबार गरिरहेको बीटीसीचाइननाले आगामी सेप्टेम्बर ३० तारिखदेखि क्रिप्टोकरेन्सीको कारोबारलाई पुर्णरुपमा बन्द गर्ने घोषणा गरिसकेको छ ।

अमेरिकाको बैंक जेपी मोर्गनका कार्यकारी निर्देशक जेमि डाइमण्डले बिटक्वाइन ठग भएको अभिव्यक्ति दिएदेखि बिटक्वाइन ओरालो लाग्न लाग्न थालिसकेको थियो ।

साथै, हिजो बीटीसीचाइननाले सेक्टेम्बर ३० गतेदेखि क्रिप्टोकरेन्सीको सम्पूर्ण कारोबार रोक्ने जनाएको थियो । बीटीसीचाइननाको सो निर्णयसँग हिजो ३ हजार ७ सय अमेरिकी डलरको हाराहारीमा कारोबार भईरहेको बिटक्वाइन आज ३ हजार ५० अमेरिकी डलरमा झरिसकेको छ ।

के हो क्रिप्टोकरेन्सी ?

क्रिप्टोकरेन्सी भर्चुअल (अभौतिक) मुद्रा हो । भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् । सो मुद्रामा सरकारी नियन्त्रण हुन्छ । क्रिप्टोकरेन्सी भर्जुअल मुद्रा भएकाले त्यसमा सरकारले हस्तक्षेत्र गर्न सक्दैन । कम्प्युटर सफ्टवेयरको माइनिङबाट विश्वको जोकोहीले क्रिप्टोकरेन्सी निर्माण गर्न सक्छन् ।

तर, माइनिङमा न्युन मात्रामा उत्पादन हुने भएकाले क्रिप्टोकरेन्सीका लगानीकर्ताले भौतिक मुद्राबाट खरिद बिक्री गर्ने गरेको पाइन्छ । क्रिप्टोकरेन्सीमा बिटक्वाइन, बिटक्यास, इथिरियम, डगी क्वाइनलगायतका थुप्रै भर्जुअल मुद्रा छन्


पुष्प दुलाल