यी हुन् १० हजार रुपैयाँभन्दा सस्ता स्मार्ट फोनहरु




काठमाडौं । पछिल्लो समय स्मार्ट फोन मानिसहरुको जीवनमा अत्यन्त आवश्यक साधन बनेको छ । आजभोलि मानिसहरु स्मार्ट फोन भएन भने पैसा नभएको भन्दा बढी छटपटिन्छन् । अहिले नेपाली बजारमा १ लाख रुपैयाँसम्मकै स्मार्ट फोन नभएका पनि होइनन् ।

तर, १ लाख रुपैयाँको मोबाइल किनेर प्रयोग गर्नेहरुको संख्या धेरै नहुन सक्छ । न्यून र मध्यम आयस्तर भएका मानिसको लागि वा मोबाइलका फङ्सन कम चलाउनेहरुका लागि महंगो मोबाइल उपयोगी नहुन सक्छ । त्यसैले हामीले १० हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्ट फोनको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

कुन र कस्तो मोबाइल किन्ने भन्ने विषय प्रथमतः तपाइको बजेट र आवश्यकतासँग सम्बन्धित विषय भयो । तपाइ १० हजार रुपैयाँसम्मका स्मार्ट फोन किन्ने सोचमा हुनुहुन्छ भने यो आलेख तपाइको लागि उपयोगी हुन सक्छ ।

अब मूल्य तय भइसक्यो । तर, फेरि अर्काे समस्याले तपाइलाई सताउन सक्छ । त्यो के हो भने कुन ब्राण्डको मोबाइल किन्ने त ? हामी तपाइलाई कुन ब्राण्डका कुन स्मार्ट फोन कति मूल्यमा पाइन्छ र त्यसमा के कस्तो फिचर छ भन्ने जस्ता जानकारी दिदैछौं ।

हाल बजारमा हुवाइ, जीयोनी, लाभा र लेगोको ब्राण्डको स्मार्ट फोनहरु निकै चर्चामा आएका छन् । यी ब्रयाडका स्मार्ट फोनहरु १० हजार रुपैयाँभन्दा कम मूल्यमा सजिलै खरिद गर्न सकिन्छ ।

हुवाइ वाइ ३११ को स्मार्ट फोन ९ हजार रुपैयाँमा खरिद गर्न सक्नु हुनेछ । यसमा १ जीबी र्याम रहेको छ । यसको इन्टरनल स्पेस ८ जीबी छ । ४.५ इन्च स्क्रिन रहेको यसको अगाडिको क्यामरा ५ मेगा पिक्सेल रहेको छ भने पछाडीको क्यामरा २ मेगा पिक्सेल छ ।

जीओनी एम ५ मिनीको मूल्य ८ हजार रुपैयाँ छ । यसमा १ जीबी र्याम र ८ जीबी इन्टरनल मेमोरी छ । यसको अगाडिको क्यामरा ५ मेगा पिक्सेल छ भने पछाडिको क्यामरा २ मेगा पिक्सेलको छ ।

लाभा इरिस ७०५ को मूल्य ७ हजार ४ सय ९९ रुपैयाँ छ । यसमा १ जीबी र्याम र ८ जीबी इन्टरनल मेमोरी छ । यसको अगाडिको क्यामरा ५ मेगा पिक्सेलको छ भने पछाडिको क्यामरा २ मेगा पिक्सेलको छ । यसको ब्याट्री २ हजार एचएम छ ।

फिङ्गर प्रिन्टको सुबिधा रहेको लिगो एम ५ स्मार्ट फोन बजारमा ९ हजार ९ सय ५१ रुपैयाँमा विक्री भैरहेको छ । यसमा २ जीबी र्याम छ भने १६ जीबी इन्टरनल मेमोरी छ । २ हजार ४ सय एमएच ब्याट्री रहेको यो मोबाइलको फ्रन्ट क्यामरा ५ मेगा पिक्सेलको छ यसको नर्मल कयामरा ८ मेगा पिक्सेल छ ।

यस्तै लिगो कै जेट वान मोडलको स्मार्ट फोन ५ हजार १ सय रुपैयाँमा बजारमा विक्री भैरहेको छ । यसमा २ जीबीको र्याम रहेको छ भने ५ सय १२ जीबीको इन्टरनल मेमोरी रहेको छ । १ हजार ८ सय एमएचको ब्याट्री रहेको यस मोबाइलको फ्रन्ट र ब्याक दुबै क्यामरा २ मेगा पिक्सेलको रहेको छ ।

अनलाइल मार्केटमा पाइने सस्ता मोबाइलहरु
अहिले नेपाली अनलाइन सपिङतिर धेरै आर्कषित हुँदै गएका छन् । अनलाईन सपिङ व्यस्त मानिसहरुको लागि एउटा राम्रो विकल्प भएको छ । अझै विभिन्न अनलाईनबाट मूल्य हेरी आफुलाई सस्तो र राम्रो लाग्ने मोबाइल घर बसीबसी नै किन्नु अहिलेको युवापुस्ताको शोख जस्तै बन्न थालेको छ ।

यस्तै हाल अनलाइन मार्केटमा के कस्तो सस्ता मोबाइलहरु आएका छन् भनेर पनि हामीले प्रस्तुत गरेका छौं ।

अलिबाबा डट कमले नोकिया १०५ मोडलको सेलफोन आफ्नो वेबसाइटमा राखेको छ । यसको मूल्य १ हजार १ सय रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म पर्न जान्छ । यही मोडलको अन्य सेलफोनहरु ६ सयदेखि ८ सय रुपैयाँमा अनलाइन मार्फत अरिद गर्न सकिन्छ ।

फिल्प कार्ट डट कममा रकटेल डब्लु ८ मोडलको मोबाइल छ । यसको मूल्य ९ सय रुपैयाँ मात्र छ । यसमा १० एमबी र्याम रहेको छ भने ३० एमबी इन्टरनल मेमोरी कार्ड छ । यसमा १६ जीबीको मेमोरी कार्ड पनि पाइन्छ । यसमा ८ सय एमएचको ब्याट्री हुन्छ । फिल्प कार्टमा ९ सयदेखि १ हजार मूल्यको यसै मोडलको अरु पनि मोबाइलहरु अनलाईन विक्रीका लागि राखिएको छ ।

फिल्प कार्टको अनलाइनमा नुभो वान इचोको मोबाइलको मूल्य १ हजार ४० रुपैयाँमा अनलाइमै किन्न सकिन्छ । यसमा १ एमबीको इन्टरनल मेमोरी रहेको छ भने १६ जीबीको मेमोरी कार्ड पनि आउछ । यसमा ८ सय एमएचको ब्याट्री रहेको छ । यसमा डबल सिम राख्न मिल्छ ।

अलीबाबा डट कममा ओइएम १०५ मोडलको मोबाइल आएको छ । यसको मूल्य ७ सयदेखि ८ सय रुपैयाँ पर्न जान्छ । यसमा २ वटासम्म सिम हालेर प्रयोग गर्न सकिन्छ । यसमा ३२ एमबीको मेमोरी हुन्छ ।

यस्तै अबीबाबा डट कममै ओइएम ए२७५ मोडलको मोबाइल सेलमा राखिएको छ । यसको मूल्य ६ देखि ७ सय रुपैयाँ पर्न जान्छ । एलसिडिको १.४५ इन्चको स्क्रिन रहेको यो मोबाइलमा ९ सय ५० एमएचको ब्याट्री छ ।

यो मोबाइल ३ वटा कलरमा बजारमा पाइन्छ । ओइएमकै ६१०० मोडलको मोबाइल फोन हाल अनलाइनमा ६ सयदेखि १ हजार २ सय रुपैयाँसम्ममा विक्री भैरहेको छ । एउटा मात्र सिम राखेर प्रयोग गर्न सकिने यो बार फोन २ वटा कलरमा मात्र पाइन्छ । यो मोडलका अन्य ६६ ओटा मोडल पनि अनलाइनमा विक्रीको लागि राखिएको छ ।


क्लिकमान्डु