आइफोन ८ र एक्स लन्च भएपछि एप्पलका सेयरधनीले ३ खर्ब गुमाए



आइफोन ८ र आइफोन ८ प्लस तथा आइफोन एक्स लन्च गरेपछि एप्पलको सेयरधनीले करिब ३ खर्ब नेपाली रुपैयाँ गुमाएका छन् ।

एप्पलले आइफोन ८ तथा ८ प्लससँगै आइफोनको ल्याउन सुरु गरेको १० वर्ष पुरा गरेको अवसरमा आइफोन एक्स सार्वजनिक गरेको थियो । यसलाई अमेरिकी सेयर बजार वालस्ट्रिटले स्वागत गर्न सकेन ।

एप्पलको सेयर मुल्य ०.४ प्रतिशतले गर्दा यसको बजार पुँजीकरण ३ अर्ब अमेरिकी डलरले घटेको छ । जसले गर्दा लगानीकर्ताले एकैदिन ३ खर्ब रुपैयाँ गुमाएका हुन् । एप्पलको सेयर मुल्य १६१.५ अमेरिकी डलरमा खुलेको भएपनि बन्द हुँदा १६०.८६ अमेरिकी डलरमा पुग्यो । एप्पलको कुल बजार पुँजीकरण ८ खर्ब १५ अर्ब अमेरिकी डलर छ ।

एप्पलले अहिलेसम्मकै महंगो मुल्य अर्थात ९ सय ९९ अमेरिकी डलरमा आइफोन एक्स बिक्री गर्ने जनाएको छ । आइफोन एक्स बजारमा आउनको लागि दुई महिनाजति लाग्छ ।
एप्पल कम्पनीको सेयर मुल्य र ११ पटक मोबाइल सिरिज ल्याउदा सेयर मुल्य घटेको छ ।

११ वटा फोन लन्च गर्दा २ वटा फोन लन्च गर्दा मात्र सेयर मुल्य बढेको इतिहास छ । बजार विश्लेषकका अनुसार आइफोन लन्चलाई लिएर लगानीकर्ता धेरै नै आशावादी भएका हुन्छन् ।

अघिल्लो वर्ष आइफोन ७ लन्चपछि यसको सेयर मुल्य २.६७ प्रतिशतले घटेको थियो । आइफोन ५ तथा आइफोन ५ प्लस लन्च हुँदा सेयर मुल्य ५ प्रतिशतसम्म घटेको थियो ।


क्लिकमान्डु